Rule 63
विशेष शिक्षा सञ्चालन गर्न सक्ने
(१) कुनै संस्थाले विशेष शिक्षा सञ्चालन गर्न चाहेमा स्वीकृतिको लागि विशेष शिक्षा परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा विशेष शिक्षा परिषद्ले सो निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा निवेदकलाई विशेष शिक्षा सञ्चालन गर्न स्वीकृति दिन मनासिब देखिएमा आवश्यक शर्त तोकी स्वीकृति दिन सक्नेछ ।
(३) कुनै संस्थाले उपनियम (२) बमोजिम तोकिएको शर्त अनुरुप विशेष शिक्षा सञ्चालन नगरेमा विशेष शिक्षा परिषद्ले त्यस्तो संस्थालाई दिएको स्वीकृति कुनै पनि बखत रद्द गर्न सक्नेछ ।
(४) विशेष शिक्षा सञ्चालन गर्ने संस्थाले विशेष शिक्षा परिषद्ले तोके बमोजिमको पूर्वाधार पूरा गरेको हुनु पर्नेछ ।